हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

लमजुङका युवा रक्तदानमा जुटे

• विजय अधिकारी ( संवाददाता) लमजुङ,३१ साउन २०८३ आइतबार । सामाजिक सेवामा युवाको सक्रियता बढाउने उद्देश्यसहित राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन्। शनिबार बेँसीसहरस्थित मदन आश्रित भवन परिसरमा आयोजित कार्यक्रममा संकलित रगतले आवश्यक परेका बिरामीका लागि सहयोग पुग्ने आयोजकले जनाएको छ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको आयोजना तथा प्रदेश अस्पताल लमजुङको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरुङले युवाको ऊर्जा सामाजिक सेवामा उपयोग गर्नुपर्ने बताए। रक्तदानजस्तो मानवीय सेवामा युवाको सहभागिताले सेवाभावको विकाससँगै समाजप्रतिको जिम्मेवारीबोधसमेत बढाउने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा प्रदेश अस्पताल लमजुङका आकस्मिक विभाग प्रमुख गणेश गुरुङ, नर्स कामना न्यौपाने र देवी कार्की तथा मेडिकल ल्याब टेक्नोलोजिस्ट विकास गुरुङले प्राविधिक सहयोग गरेका थिए। जिल्ला अध्यक्ष योगबहादुर गुरुङ ‘कालु’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष गुरुङले समयमै रगत उपलब्ध नहुँदा बिरामीले भोग्नुपर्ने समस्यालाई कम गर्न रक्तदान महत्वपूर्ण हुने बताए।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्ण अधिकारी, प्रदेश सदस्य गोविन्द बस्नेत, जिल्ला उपाध्यक्ष जितबहादुर गुरुङ, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी तथा अनेरास्ववियु लमजुङका अध्यक्ष प्रदीप गुरुङलगायतको उपस्थिति थियो।

कार्यक्रमको सहजीकरण जिल्ला उपाध्यक्ष प्रदीप घिमिरेले गरेका थिए। घिमिरेका अनुसार युवाको सहभागितालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आगामी दिनमा पनि सेवामूलक गतिविधिलाई निरन्तरता दिइनेछ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button