हेडलाईनसमाचारबागमती

आज जेलमुक्त हुँदै पूर्वगृहमन्त्री रायमाझी

प्रहार समाचार । काठमाडौं, २६ कात्तिक २०८३ बिहीबार । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आज जेलमुक्त हुँदैछन्।

चार वर्ष कैद सजाय सुनाइएका उनी ६५ वर्ष उमेर पुगेपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी सुविधाका आधारमा साढे तीन वर्षमै रिहा हुन लागेका हुन्। २०८० वैशाख ३१ देखि डिल्लीबजार कारागारमा रहेका रायमाझीलाई काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाएको थियो। गत कात्तिक १३ गते अदालतले ज्येष्ठ नागरिकसम्बन्धी ऐनअनुसार कैद छुट दिने आदेश गरेपछि उनको रिहाइको बाटो खुलेको हो।

राज्यकै नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने गम्भीर अपराधमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्रीको रिहाइले राजनीतिक जवाफदेहिता र न्यायको अनुभूतिमाथि प्रश्न उठाएको छ। कैद छुट पाए पनि रायमाझीले तोकिएको जरिबाना भने तिर्नुपर्नेछ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button