हेडलाईनव्याससमाचारगण्डकी

अपाङ्गता–मैत्री पहल : व्यास नगरपालिकाद्वारा श्रेष्ठलाई इलेक्ट्रिक व्हीलचेयर प्रदान

प्रहार समाचार । तनहुँ, १० मंसिर २०८२ बुधबार । तनहुँको व्यास नगरपालिकाले ‘लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान’को अवस्थामा व्यास–५ निवासी शिवलाल श्रेष्ठलाई हिंजो इलेक्ट्रिक व्हीलचेयर प्रदान गरेको छ।


सामाजिक न्याय, समावेशी विकास र अपाङ्गता भएका नागरिकलाई स्थानीय सेवामा सहज पहुँच दिलाउने उद्देश्यसहित गरिएको यो सहयोगले श्रेष्ठको दैनन्दिन जीवनमा महत्वपूर्ण सहजता ल्याउने नगरपालिका अधिकारीहरूले बताएका छन्।

कार्यक्रममा नगर प्रमुख बैकुन्ठ न्यौपाने, उप–प्रमुख ईन्दिर दरै, नगर कार्यपालिका सदस्य, सरकारी निकायका प्रतिनिधि, सुरक्षा अधिकारी तथा नागरिक समाजका अभियन्ताहरू उपस्थित थिए।

नगर प्रमुख न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्रता, सम्मानजनक जीवन र सामाजिक सहभागिता सुनिश्चित गर्न स्थानीय तहले यस्ता सहायक उपकरण उपलब्ध गराउनु अत्यावश्यक रहेको उल्लेख गर्दै, यसले शिवलाल श्रेष्ठलाई मात्र होइन, अपाङ्गता भएका सबै नागरिकप्रति नगरपालिकाको उत्तरदायित्वलाई पनि सुदृढ बनाउने बताए ।

नगरपालिकाले आगामी दिनमा पनि अपाङ्गता–मैत्री सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button