हेडलाईनसमाचारगण्डकी

‘मर्स्याङ्दी नदी लमजुङको बरदान हो ।’ – झा

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, ७ मंसिर २०८२ आईतबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय प्रवक्ता एवम् पूर्वसांसद मनिष झाले मर्स्याङ्दी नदी लमजुङको ‘बरदान’ भएको उल्लेख गर्दै यसको संरक्षणका लागि भइरहेको स्थानीय पहलको प्रशंसा गरे।

प्बेसीशहरका दुई वडामा आयोजित वडा अधिवेशनको हिंजो उद्घाटन गर्दै उनले भने- ‘मर्स्याङ्दी नदीको प्राकृतिक स्वरूप जोगाउन गरिएका प्रयासहरू अनुकरणीय छन्। यस्ता पहलमा रास्वपा सिंगो रूपमा तपाईंहरूसँग छ।’

कार्यक्रममा केन्द्रीय संगठन विभाग सदस्य धर्म केसी, महिला नेतृ सन्तोषी गौली, नवप्रवेशी तीर्थ अधिकारीसहितका नेताहरूले शुभकामना व्यक्त गरेका थिए।

वडा अधिवेशनबाट बेसीशहर नगरपालिका–३ मा नारायण घिमिरे र वडा नं. ९ मा श्याम अर्याल वडासभापति चयन भएका छन्।

जिल्ला सभापति अशोक सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य सोविता अधिकारी बरालले सहभागीहरूलाई स्वागत गरेकी थिइन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button