हेडलाईनसमाचारगण्डकी

बेसीशहरमा हाजिरीजवाफ प्रतियोगिता : संस्कृती सदन मावि दुराडाँडा प्रथम

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार । लमजुङ, ७ मंसिर २०८२ आईतबार । लमजुङको ल्याण्ड स्टार इङ्लिस स्कुलको १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित जिल्लास्तरीय मावि हाजिरीजवाफ प्रतियोगितामा संस्कृती सदन मावि दुराडाँंडाले प्रथम स्थान प्राप्त गरेको छ।


प्रतियोगितामा संस्कृती सदन मावि दुराडाँंडाका कक्षा १० का सदिक्षा तिवारी, कक्षा ९ की सामाना खनिया र कक्षा ८ का सार्थक खनियाको टोली प्रथम भएको छ। दोस्रो स्थान जनविकास मावि बेसीशहरको टोलीले हासिल गरेको छ भने तृतीय स्थान बुद्ध मेमोरियल इङ्लिस स्कुलको टोलीलाई प्राप्त भएको छ।

जिल्लास्तरीय प्रतियोगितामा कुल ११ विद्यालयले सहभागिता जनाएका थिए। आयोजकले प्रतियोगितामा सहभागि सबै विद्यार्थीहरूको प्रगति र उत्साहको प्रशंसा गर्दै भविष्यमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने बताएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button