हेडलाईनसमाचारप्रदेश

भोजको विवादमा वडाअध्यक्ष यादवको गयो ज्यान : हत्या आरोपमा प्रहरी जवान पक्राउ

प्रहार समाचार । जनकपुरधाम, २९ कात्तिक २०८२ शनिवार । धनुषाको मिथिला बिहारी नगरपालिका–९ मा हिंजो साँझ साधारण भोज विवादले भयावह मोड लिँदा वडाध्यक्ष बिन्देश्वर यादवको ज्यान गएको छ। स्थानीय दुई समूहबीच भएको वादविवाद चर्किँदै जाँदा धनुषा प्रहरीमा कार्यरत प्रहरी जवान शम्भु यादवले वडाध्यक्षमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका छन्।

प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेश बमका अनुसार घटनामा अन्य केही व्यक्ति पनि घाइते भएका छन्। घाइतेहरू प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत छन्। डिएसपी बमले आरोपी प्रहरी जवानलाई नियन्त्रणमा लिएर घटनाबारे विस्तृत अनुसन्धान थालिएको जानकारी दिए।

हत्या भएका वडाध्यक्ष यादवको शव पोष्टमार्टमका लागि अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button