हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको व्यास–५ का सक्रिय समाजसेवी तथा व्यवसायी खनालको निधन

प्रहार समाचार । तनहुँ, २९ कात्तिक २०८२ शनिवार । तनहुँको व्यास–५, चापाघाटका व्यवसायी तथा समाजसेवी दिनेश खनालको शनिवार आकस्मिक हृदयघातबाट ४९ वर्षको उमेरमा निधन भएको छ। अचानक स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई दमौलीस्थित प्रदेश अस्पताल लगिएकोमा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए।

दैनिक व्यवसायिक गतिविधिदेखि लिएर सामाजिक सेवामा सक्रिय रहँदै आएका खनाल व्यास ५ का राष्ट्रिय स्वतन्त्र पार्टीका वडा संयोजक तथा लायन्स क्लब अफ तनहुँ– व्यास सिटीका द्वितीय उपाध्यक्षसमेत थिए। त्यसका अलावा उनी विभिन्न संघ–संस्थामा महत्वपूर्ण भूमिकामा रहेर समुदायिक सरोकारका काममा अग्रपंक्तिमा खटिने व्यक्ति मानिन्थे।

उनको शव आजै दमौली स्थित मादीसेती दोभानस्थित घाटमा दाहसंस्कार गरिएको प छ। खनालले श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button