हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर स्थिर मौसम, पहाडी भेगमा हल्का बदली

प्रहार समाचार । काठमाडौँ, २९ कात्तिक २०८२ शनिवार । देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नदेखिएको कारण आजको मौसम सामान्यतया स्थिर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका अधिकांश भू–भागमा प्रभाव पार्ने विशिष्ट प्रणाली नहुँदा मौसम सफा र सुहाउँदो रहने महाशाखाले जानकारी दिएको हो ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मात्र आंशिक बदली रहनेछ। यी क्षेत्रबाहेक देशका अन्य भू–भागमा मौसम मुख्यतया खुला रहने अनुमान गरिएको छ, जसले बाहिरी गतिविधि तथा यात्रायात सहज हुने अपेक्षा गरिएको छ ।

यस्तै, रातिको मौसम पनि लगभग उस्तै रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहे पनि बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफै रहने महाशाखाले जनाएको छ। समग्रमा आज देशभर स्थिर र शान्त मौसम रहनेछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button