हेडलाईनसमाचारप्रदेश

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती : विभिन्न कार्यक्रमसहित मनाइँदै

प्रहार समाचार । काठमाडौँ, २४ कात्तिक २०८२ सोमवार । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमाण्डर तथा त्याग र निष्ठाको प्रतीक नेता गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपाली कांग्रेस लगायतका राजनीतिक दल, भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थाले सिंहको योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा, विचार गोष्ठी र सम्मान कार्यक्रम आयोजना गरेका छन्।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंहले राणा शासनको अन्त्यदेखि प्रजातन्त्र स्थापनासम्मको यात्रामा निर्णायक भूमिका खेलेका थिए। विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डरका रूपमा उनले आन्दोलन सफल पार्दै नेपाली जनताका लागि स्वतन्त्रता र लोकतन्त्रको बाटो खोलिदिए। आन्दोलनपश्चात् प्रधानमन्त्री बन्ने अवसर त्यागी उनले कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा आदर्श उदाहरण प्रस्तुत गरेका थिए।

सिंहले नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद् हुँदै नेपाली कांग्रेसको नेतृत्वमा देशमा प्रजातान्त्रिक चेतना फैलाउने अभियान चलाएका थिए। सुन्दरीजलमा दीर्घ कारावास भोग्दै पनि अडिग रहनुभएका सिंहको राजनीतिक जीवन साहस, सादगी र राष्ट्रसेवाको मिसालका रूपमा स्मरण गरिन्छ। उहाँको सम्झनामा आज नेपाली कांग्रेसले देशभर लोकतन्त्र र त्यागको मूल्यबारे जनचेतना कार्यक्रम सञ्चालन गर्दैछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button