प्रहार समाचार । काठमाडौँ , २४ कात्तिक २०८२ सोमवार । देशभर आज मौसम सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कुनै विशेष मौसमी प्रणालीको प्रभाव नभएको र त्यसैले असामान्य परिवर्तनको सम्भावना पनि नरहेको महाशाखाले स्पष्ट पारेको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा केही स्थानमा आंशिक बदली देखिन सक्नेछ। तर देशका बाँकी भूभागमा आकाश मुख्यतया सफा रहने भएकाले सामान्य जनजीवनमा असर पर्ने कुनै स्थिति सिर्जना नहुने अनुमान गरिएको छ।
आज राति भने देशभर मौसम खुला र शान्त रहने सम्भावना छ। महाशाखाले यात्रु र किसानलाई निश्चिन्त रहन अनुरोध गर्दै आगामी केही दिन पनि मौसम स्थिर रहने संकेत दिएको छ।



























