हेडलाईनसमाचारगण्डकीनगरपालिका /गाउँपालिका

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान तनहुँको अध्यक्षमा परियार विजयी

प्रहार समाचार । तनहुँ, २३ कात्तिक २०८२ आइतवार । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान तनहुँको अध्यक्षमा लामो समय देखि लोक दोहोरी क्षेत्रमा योगदान पुऱ्याएका विश्व बुढा परियार निर्वाचित भएका छन् ।

आज सम्पन्न मतदानमा परियारले २ सय १२ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी शुभद्रा श्रेष्ठलाई पराजित गर्न सफल भएका थिए । श्रेष्ठले ८९ मत ल्याएकी थिइन् ।

यसअघि प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष रहेका परियारले अब अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन्। अध्यक्ष बाहेकका सबै पदहरु यसअघि नै सर्वसम्मत चयन भएका थिए। तर अध्यक्ष पदमा परियार र श्रेष्ठबीच सहमति नजुटेपछि अन्ततः मतदानमार्फत नेतृत्व चयन गरिएको हो।

परियारको विजयसंगै तनहुँको लोकदोहोरी समुदायमा नयाँ उत्साह थपिनुका साथै संस्थागत विकास र कलाकारको हकहितका काम हुने विश्वास लिइएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button