प्रहार समाचार । तनहुँ, २३ कात्तिक २०८२ आइतवार । “ईमानदार प्रशासन, पारदर्शी प्रक्रिया र उत्तरदायी सेवा” भन्ने मूल नाराका साथ तनहुँको भानु नगरपालिकाले सुशासन, पारदर्शिता र वित्तीय अनुशासन प्रवद्र्धनका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ।

सार्वजनिक सेवा तथा क्षमता विकास समितिको सिफारिसमा तयार गरिएको यो योजना नगर प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे र प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठको समन्वयमा कार्यान्वयन हुने भएको छ। नगरपालिकाले यसलाई व्यवहारमै सुशासन लागू गर्ने ऐतिहासिक कदमका रूपमा अघि बढाएको जनाएको छ।
सेवा प्रवाहमा सहजता ल्याउन वडास्तरमै ‘घुम्ती सेवा’ सञ्चालन, दर्ता–चलानी सफ्टवेयरको अनिवार्य प्रयोग र ई–गभर्नेन्स प्रणालीमार्फत समयसीमा तोकिने तयारी नगरपालिकाले गरेको छ। त्यस्तै, अनियमितता र भ्रष्टाचारमाथि ‘शून्य सहनशीलता’ नीति अपनाइँदै सबै जनप्रतिनिधि र कर्मचारीका लागि कडाइका साथ आचारसंहिता लागू गरिनेछ। वित्तीय पारदर्शिता सुनिश्चित गर्न प्रत्येक आयोजना र खर्च विवरण नियमित रूपमा सार्वजनिक गरिने, ई–प्रोक्योरमेन्ट प्रणाली लागू गरिने र हरेक शाखाको साप्ताहिक अडिट गरिने व्यवस्था गरिएको छ।
सुशासन प्रवद्र्धनका लागि ‘गभर्नेन्स प्रोमोशन कमिटी’ गठन गरी आचारसंहिता कार्यान्वयनदेखि सेवा गुणस्तरको अनुगमनसम्मको जिम्मेवारी दिइने भएको छ। नागरिक सन्तुष्टि मापनका लागि फिडब्याक कार्ड, अनलाइन सर्वे र “हेलो मेयर÷पिएओ” कार्यक्रम सुरु गरिने नगरपालिकाले जनाएको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा वा कर्मचारीलाई वार्षिक रूपमा पुरस्कार प्रदान गरिने र हरेक आर्थिक वर्षमा ‘सुशासन प्रतिवेदन’ प्रकाशन गरिने पनि योजना छ। नगर प्रमुख त्रिपाठीले अब नगरवासीले सुशासनको प्रभाव सेवा अनुभवमै महसुस गर्ने गरि गरिने बताए । ब
























