हेडलाईनसमाचारगण्डकीस्वास्थ्य

लमजुङको भुजुङमा ‘उज्यालो आँखा : उज्यालो जीवन’ अभियान : ७८ जनाको मोतिविन्दु शल्यक्रिया सम्पन्न

• विजय अधिकारी ( संवाददाता ) लमजुङ, २१ कात्तिक २०८२ शुक्रवार । लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमार्फत ७८ जनाको मोतिविन्दु शल्यक्रिया सम्पन्न भएको छ । “उज्यालो आँखा : उज्यालो जीवन” भन्ने नारासहित ३ दिनसम्म सञ्चालन भएको उक्त शिविरमा कुल ६ सय ५८ जनाले आँखा परीक्षण सेवा लिएका छन् ।

गाउँपालिकाको आयोजनामा मुटु फाउण्डेशन नेपाल, मनोज एशोसियशन फ्रान्स र रोटरी क्लब हिमालयन गोल्फर्सको संयुक्त व्यवस्थापनमा भएको शिविरलाई हिमालय आँखा अस्पताल, पोखरा र आइ केयर फाउण्डेशनले प्राविधिक सहयोग प्रदान गरेका थिए ।

शिविरमा मोतिविन्दु शल्यक्रिया बाहेक ३ सय ७५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको र विभिन्न नेत्र समस्या भएका व्यक्तिहरूलाई औषधि समेत प्रदान गरिएको स्वास्थ्य संयोजक त्रिलोकचन्द्र गुरुङले बताए ।

गाउँपालिका अध्यक्ष सूर्य प्रसाद गुरुङले ग्रामीण बस्तीमा सञ्चालन भएको यस्तो स्वास्थ्य शिविरले विशेष गरी जेष्ठ नागरिकहरूलाई ठूलो राहत मिलेको बताए ।

शिविरमा आँखा रोग विशेषज्ञसहितको स्वास्थ्य टोलीले सेवा प्रदान गरेको थियो भने कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, मुटु फाउण्डेशन नेपालका संस्थापक धनबहादुर गुरुङ, मनोज एशोसियशन फ्रान्स र रोटरी क्लब हिमालयन गोल्फर्सका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button