• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, २१ कात्तिक २०८२ शुक्रवार । लमजुङको क्व्होलासोथार गाउँपालिका–१, बागलुङपानीमा बोलेरो जिपको ठक्करबाट दुई वर्षीया बालिकाको ज्यान गएको छ।

आज बिहान करिब ९ बजेतिर ग १ ज ६३०६ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा स्थानीय कृति तामाङकी छोरी नेरिमा तामाङ घाइते भएकी थिइन्। घाइते बालिकालाई तत्कालै उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल लमजुङ पुर्याइएको थियो। तर, उपचारको क्रममा बिहान १०:३९ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिए।
प्रहरीका अनुसार बोलेरो जिप घलेगाउँबाट सदरमुकाम बेसीशहरतर्फ आउँदै थियो। दुर्घटनापछि जिप चालक बेसीशहर नगरपालिका–९, बिम्दाबेसीका २९ वर्षीय मदन दुलाललाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


















