हेडलाईनव्याससमाचारगण्डकी

जि.आर. इलेक्ट्रोनिक्स सप्लायर्स दमौलीद्वारा जिल्ला प्रशासन कार्यालय तनहुँलाई दुई थान डिसपेन्सर प्रदान

प्रहार समाचार । तनहुँ, १४ कात्तिक २०८२ शुक्रवार । तनहुँको व्यास नगरपालिका-३, सफासडक, दमौलीमा रहेको जि. आर. इलेक्ट्रोनिक्स सप्लायर्सले जिल्ला प्रशासन कार्यालय तनहुँलाई डिस्पेन्सर प्रदान गरेको छ।

सप्लायर्सका प्रोपाइटर द्धय राजेन्द्र घर्ती र गौरब खड्काले दुई थान डिसपेन्सर आज प्रशासन कार्यालय परिसरमा आयोजित एक कार्यक्रम बिच जिल्ला प्रशासन कार्यालयका नासु गोपाल पोख्रेलमार्फत होण्डाई ब्राण्डका त डिसपेन्सर हस्तान्तरण गरेका हुन्।

जेनजी पुस्ता आन्दोलनका क्रममा भएको आगलागीले कार्यालयका अधिकांश सामग्री जलेर नष्ट भएपछि मानवीय दृष्टिकोणले सहयोगस्वरूप उक्त उपकरण उपलब्ध गराएको प्रोपाइटर घर्ती र खड्काले बताए। “कार्यालयका कर्मचारी र सेवाग्राहीलाई सहजता होस् भन्ने उद्देश्यले यो सानो सहयोग गरेका हौँ,” घर्तीले प्रहार अनलाइनसँग भने।

कार्यालयका प्रतिनिधि पोख्रेलले संकटका बेला प्राप्त यस्तो सहयोगले सेवा प्रवाह सहज बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। जि.आर. इलेक्ट्रोनिक्स सप्लायर्सले यसअघि पनि स्थानीय निकाय र संस्थाहरूसँग सहकार्य गर्दै विभिन्न किसिमका सहयोग गर्दै आएको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button