प्रहार समाचार । ललितपुर, १४ कात्तिक २०८२ शुक्रवार । तनहुँको आदिकवि भानुभक्त क्याम्पसका सहायक प्राध्यापक नरेन्द्र न्यौपाने गणित शिक्षा परिषद् राष्ट्रिय कार्यसमितिको राष्ट्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।

आज ललितपुरको एनसिआइटी (NCIT) कलेज, बालकुमारीमा सम्पन्न गणित शिक्षा परिषद्को नवौँ राष्ट्रिय महाधिवेशन–२०८२ बाट न्यौपाने निर्विरोध निर्वाचित भएका हुन्। महाधिवेशनमा देशभरका गणित शिक्षा विज्ञ, शिक्षक तथा अनुसन्धानकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
निर्वाचन समितिका अनुसार नयाँ कार्यसमितिले गणित शिक्षाको गुणस्तर अभिवृद्धि, पाठ्यक्रम सुधार, अनुसन्धान प्रवर्द्धन र शिक्षक क्षमता विकासका क्षेत्रमा दीर्घकालीन योजना कार्यान्वयन गर्ने लक्ष्य लिएको छ ।
न्यौपानेले निर्वाचित भएपछि देशभरका गणित शिक्षकबीच सहकार्य र अनुसन्धानमुखी शिक्षण वातावरण निर्माणमा आफ्नो योगदान रहने बताएका छन्।



























