हेडलाईनव्याससमाचारगण्डकी

समाजसेवी अधिकारीको ८६ वर्षको उमेरमा निधन

प्रहार समाचार । तनहुँ, १२ कात्तिक २०८२ बुधवार । तनहुँको व्यास नगरपालिका–११, पोल्याङ सेरा निवासी समाजसेवी मित्रलाल अधिकारीको ८६ वर्षको उमेरमा आज निधन भएको छ। लामो समयदेखि मस्तिष्क, फोक्सो र मृगौलासम्बन्धी रोगबाट पीडित अधिकारीको उपचारका क्रममा बुधवार दिउँसो भरतपुर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

अधिकारी व्यास–११ स्थित मनकामना आश्रमका संस्थापक, जग्गा दाता तथा नगद सहयोगकर्ता समेत रहेका थिए। समाजसेवामा सक्रिय रहँदै उनले आश्रमको स्थापना मात्र होइन, सेरा टोल विकास संस्थाको भवन निर्माणका लागि समेत जग्गा दान गरेका थिए। समाज सुधार र मानवसेवामा उनको योगदानले स्थानीय क्षेत्रमा उनलाई एक उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित गरेको थियो।

उनका दुई श्रीमती कमला अधिकारी र दिवङ्गत लुरी अधिकारी ( दिवङ्गत ) तीन छोराहरू गणेशराज अधिकारी, कृष्णराज अधिकारी र भोजराज अधिकारी, साथै एक छोरी शुभद्रा रहेका छन् । अधिकारीको नारायणी नदि देवघाटमा हिन्दु परम्परा अनुसार आजै अन्तिम दाहसंस्कार गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button