हेडलाईनसमाचारसबै प्रदेशस्वास्थ्य

काठमाडौँका ५६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा : महानगरको सेवा विस्तारमा फड्को

प्रहार समाचार । काठमाडौँ, १२ कात्तिक २०८२ बुधवार । काठमाडौँ महानगरपालिकाका ५६ हजार ६७३ नागरिक अहिले सम्म स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन्। आवद्धमध्ये १३ हजार ५७५ ज्येष्ठ नागरिक, १ हजार ८५ अपाङ्गता भएका व्यक्ति र २ जना एचआईभी संक्रमित छन्। आर्थिक वर्ष २०८१/८२ मा महानगरले १ लाख ९४ हजारभन्दा बढी नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरेको छ, जसमा ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका छन्।

यस अवधिमा ३० वटा स्वास्थ्य संस्था दर्ता–नविकरण, १२० संस्थाको अनुगमन, १ हजार ८७ विपन्न नागरिक उपचार सिफारिस र २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरिएको छ। नसर्ने रोग स्क्रिनिङ अभियानमा २६ हजार १९ जनाको जाँच, किशोरी रक्तअल्पता परीक्षणमा २ हजार ३ सय जना र निःशुल्क रगत वितरणमा १ हजार २२२ पिन्ट उपलब्ध गराइएको छ।

महानगरले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना, ३१ वडामा प्रयोगशाला र फिजियोथेरापी सेवा सञ्चालन गरेको छ। यसैगरी भिडियो एक्स–रे, निःशुल्क एम्बुलेन्स, खोप सेवा, मातृ–शिशु स्वास्थ्य कार्यक्रम र स्वास्थ्य शिविरमार्फत करिब १५ हजार नागरिकलाई सेवा प्रदान गरिएको छ। ओरल पोलियो भ्याक्सिन अभियानमा ९०.६८ प्रतिशत बालबालिकाले खोप पाएका छन्।

९० करोड ५१ लाख रुपैयाँको बजेट विनियोजन भएको स्वास्थ्य क्षेत्रमा ६५.८६ प्रतिशत वित्तीय प्रगति र ७६ प्रतिशत भौतिक प्रगति भएको छ। आगामी वर्ष स्वास्थ्य विमा विस्तार, केन्द्रीय प्रयोगशाला सञ्चालन, डिजिटल हेल्थ प्रोफाइल र ‘लिटिल डाक्टर’ कार्यक्रम जस्ता योजना कार्यान्वयनमा लैजाने महानगरको तयारी रहेको महानगर प्रमुख बालेन शाहले जनाएका छन्। प


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button