हेडलाईनव्याससमाचारगण्डकी

व्यास नगरप्रमुख न्यौपाने सङ्घीय एशिया–प्रशान्त संगठनको कार्यकारी तथा परिषद् सदस्यमा निर्वाचित

प्रहार समाचार । तनहुँ, १२ कात्तिक २०८२ बुधवार । तनहुँको व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उजागर गर्दै सङ्घीय एशिया–प्रशान्त संगठनको कार्यकारी समिति र परिषद सदस्य का रूपमा २०२५–२०२७ कार्यकालका लागि निर्वाचित भएका छन्।

संस्थाले नगरप्रमुख न्यौपानेलाई बधाई दिँदै व्यास नगरपालिकाको अनुभव, दक्षता र दृष्टिकोणले सम्पूर्ण एशिया–प्रशान्त क्षेत्रका स्थानीय सरकारहरूको सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ। महासचिव डा. बेर्नाडिया इरावाती त्जान्द्रादेवी का अनुसार, “व्यास नगरपालिकाको निर्वाचनले सदस्यहरूले यस नगरपालिकामा राखेको विश्वास र आश्वासनलाई प्रमाणित गर्छ।”

यस चयनले व्यास नगरपालिकाको अन्तर्राष्ट्रिय पहिचानलाई मजबुत बनाउने मात्र नभई नगरका विकास योजना र कार्यक्रमहरूलाई विश्वव्यापी सञ्जालसँग जोड्ने अवसर पनि प्रदान गर्ने विश्वास गरिएको छ। उक्त निर्वाचन सङ्घको १०औं अधिवेशनमा भएको हो, जुन हालै गोयाङ विशेष शहर, दक्षिण कोरियामा सम्पन्न भएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button