हेडलाईनसमाचारप्रदेश

आजबाट नेपाल सम्वत् ११४६ सुरु : देशभर नयाँ वर्षको उत्सव

नेपाल सम्वत् ११४६ बुधबार देशभर विविध सांस्कृतिक कार्यक्रमका साथ मनाइँदैछ। विशेषगरी काठमाडौँ उपत्यका र आसपासका नेवार समुदायले यो सम्वत्लाई नयाँ वर्षका रूपमा धुमधामले मनाउने गर्दछन्। कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाता सुरु गर्ने परम्परा आज पनि जीवित छ।

नेपाल सम्वत्को सुरु ११४६ वर्षअघि राष्ट्रिय विभूति शंखधर साःख्वाले गरिब जनताको ऋणमोचन गरी गरेका थिए। लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि चलिएको यो सम्वत् पृथ्वीनारायण शाहको पालासम्म राष्ट्रिय सम्वत् मानिन्थ्यो। विसं २०५६ मा शंखधरलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने २०६५ मा नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरिएको थियो।

प्रजातन्त्रपछिको नेपालमा नेपाल सम्वत्लाई राष्ट्रिय पात्रोका रूपमा स्थापित गर्ने अभियान चलिरहेको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, दोलखा लगायत क्षेत्रमा यो पर्व विशेष उत्सवका साथ मनाइन्छ। विश्लेषकहरूका अनुसार नेपाल सम्वत् नेपाली समाजको मौलिक पहिचान र सामाजिक न्यायको प्रतीक हो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button