आँबुखैरेनीहेडलाईनसमाचारअन्तरवार्तागण्डकी

फुल्यो सयपत्री, फक्रियो भविष्य : आँबुखैरेनीका महिलाहरु आत्मनिर्भरता र व्यवसायिक उन्नतिको बाटो तर्फ

प्रहार समाचार । तनहुँ, ६ कात्तिक २०८२ बिहीवार । परंपरागत बालि कोदो, मकै लगायतका अन्य बालीनालीबाट सोचे जति आम्दानी नहुने भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकटारका महिलाले सयपत्री फूलबाट आर्थिक सम्भावनाको नयाँ उज्यालो पत्ता लगाएका छन्। फूल खेतीको रंगीन सफलताले उनीहरूको आत्मनिर्भरता र व्यवसायिक उन्नतिको बाटो खोलिदिएको छ। महिलाहरुले लगाएको सयपत्री फूल र माला : तस्बिर : प्रहार अनलाईन मिडिया ।

स्थानिय याञ्चोक आमा समूह र आँधीमूल आमा समूहलाई एकिकृत गरेर गठन गरिएको याञ्चोकटार लघु उद्यमी महिला समूहले सयपत्री फूल खेतीलाई व्यवसायिक रूपमा अघि बढाएका छन्। बाँदरको सतावटले परम्परागत खेती असफल भएपछि फूल खेतीप्रति आकर्षण बढेको समूहकी सदस्य सावित्रा थापाले बताइन् । अहिले ५० रोपनी क्षेत्रफलमा फूल उत्पादन भइरहेको छ, जसमा महिलाहरुको श्रम र समर्पण झल्किन्छ ।


तिहारको आज भाइटिका । आजको दिनमा सयपत्तीको फुल र मालाको माग उच्च भएपछि माला बनाउन दिनरात नभनी ४० जना महिलाहरू खटिएका थिए । समूहकी अध्यक्ष सुन्तली गुरुङका अनुसार माग अनुसारको आपूर्ति गर्न मुस्किल पर्न थालेको छ। गत वर्ष रु. ४ लाख ३० हजार बराबरको फूल बिक्री भएकोमा यस वर्ष त्यो भन्दा बढी र ५ लाखको कारोबार हुने अपेक्षा गरिएको छ।


फूलको मूल्य प्रतिकिलो र ३ सय ७५ देखि ४०० सम्म कायम गरिएको छ भने प्रतिमाला र देखि १ सय ५० सम्ममा बिक्री हुँदै आएको समूहकी सदस्य सिता थापाले प्रहार समाचारलाई बताइन् । यद्यपि मखमलीको तुलनामा सयपत्रीको माग उच्च देखिएको उनको भनाइ छ। बजारमा दमौली, पोखरा र आँबुखैरेनीका खुद्रा विक्रेताले सिधै खेतमै आएर फूल खरिद गर्न थालेपछि बजारीकरण झन सहज बनेको उनको भनाइ छ ।


यो वर्ष स्वदेशमै फूलको उच्च माग भएकाले कतार जस्ता देशमा निर्यात रोकिएको छ। गत बर्ष पालिकाको व्यवस्थापनमा यहाँको फुल कतार निर्यात भएको थियो । आँबुखैरेनीमा यहि कात्तिक ८ गतेबाट १५ गते सम्म छिम्केश्वरी – बुढीदेवी मन्दिर बृहत्तर क्षेत्र विकासको लागि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुँदैछ । उक्त यज्ञका लागि मात्रै एक हजार माला अग्रिम बुकिङ भइसकेको छ। कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार समयमै बुकिङ नगरेका ग्राहकलाई फूल दिन असमर्थ भएका छन् ।


गाउँपालिकाले सयपत्री खेतीमा ७५ प्रतिशत अनुदान दिँदै आएको छ, जसले स्थानीय महिलालाई आर्थिक रूपमा सक्षम बनाउने दिशामा टेवा पुर्‍याएको छ। अध्यक्ष शुक्र चुमानले आउँदो वर्षदेखि फूल बुकिङ एक महिना अघिदेखि खोल्ने योजना रहेको बताउँदै फूल खेतीले गाउँमा आर्थिक रुपान्तरणको लहर ल्याएको उल्लेख गरे ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button