हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली रहने

प्रहार समाचार । काठमाडौं, १ कात्तिक २०८२ शनिवार । आज देशभरको मौसम मुख्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको हुँदा अधिकांश स्थानमा खुल्ला आकाश रहने सम्भावना रहेको महाशाखाको भनाइ छ।

महाशाखाका अनुसार दिउँसो देशका सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। तर समथर भू–भागमा भने मौसम मुख्यतया सफा रहने प्रक्षेपण गरिएको छ। मौसममा उल्लेख्य उतारचढाव नदेखिएकोले जनजीवन सामान्य रहने अपेक्षा गरिएको छ।

आज राति पनि देशभर मौसम मुख्यतया सफै रहने अनुमान गरिएको छ। चिसो मौसमको सुरुवातसँगै बिहान र बेलुका हल्का चिसोपन महसुस भए तापनि दिनको समयमा भने घाम लाग्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button