हेडलाईनसमाचारप्रदेश

ओलीकालमा राजनैतिक नियुक्त १० राजदूत फिर्ता बोलाइयो : कात्तिक २० भित्र फर्कन सरकारको निर्देशन

प्रहार समाचार । काठमाडौं, ३० असोज २०८२ बिहीवार । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले केपी शर्मा ओलीको पालामा राजनीतिक रूपमा नियुक्त गरिएका १० देशका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

फिर्ता बोलाइएका राजदुतहरुमा चीन, अमेरिका, बेलायत, जापान, जर्मनी, रुस, साउदी अरब, कतार, इजरायल र स्पेनका राजदूतलाई कात्तिक २० गतेभित्र नेपाल फर्कन निर्देशन दिएको हो। .

सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले निर्णय सार्वजनिक गर्दै ती राजदूतहरूको नियुक्ति पूर्ववर्ती सरकारको राजनीतिक सिफारिसमा भएको र अहिलेको सरकारले कूटनीतिक सेवामा दक्षता र तटस्थता कायम गर्न कदम चालेको बताए। सरकारको योजना अनुसार अब दूतावासहरूको नेतृत्व व्यवसायिक क्षमताका आधारमा पुनः संरचना गरिनेछ।

विशेषज्ञहरूका अनुसार यस्तो निर्णय सत्तापरिवर्तनपछि सामान्य भए पनि राजदूत फिर्ता बोलाउँदा तत्कालीन दूतावासको कामकाज प्रभावित हुन सक्ने सम्भावना रहन्छ। स्थायी नियुक्ति नभएसम्म ती मुलुकमा कार्यवाहक प्रमुखको नेतृत्वमा दूतावास सञ्चालन हुनेछ।

सरकारले हाललाई राजदूत फिर्ता बोलाउने निर्णयलाई कूटनीतिक शुद्धिकरणको प्रक्रिया भनेको छ। तर नयाँ नियुक्तिमा समेत पारदर्शिता र योग्यता सुनिश्चित गर्नुपर्ने माग तीव्र हुँदै गएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button