हेडलाईनसमाचारप्रदेश

विद्युत् बक्यौता तिर्न उद्योगीहरूलाई अल्टिमेटम : नत्र लाइन काटिने

प्रहार समाचार । काठमाडौं, २८ असोज २०८२ मङ्गलवार । । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडरमार्फत विद्युत् सेवा लिइरहेका तर प्रिमियम शुल्क तिर्न नमान्ने उद्योगहरूको लाइन कात्तिक २ गतेपछि काट्ने भएको छ। बक्यौता भुक्तानी नगर्ने उद्योगहरूलाई सो म्यादसम्मको अन्तिम चेतावनी दिँदै प्राधिकरणले राति १२ बजेपछि विद्युत् आपूर्ति बन्द गर्ने तयारी गरिरहेको छ।

ऊर्जामन्त्री कुलमान घिसिङको निर्देशनमा प्राधिकरणले वर्षौंदेखिको बक्यौता असुली प्रक्रिया तीव्र पारेको हो। प्रवक्ता राजन ढकालका अनुसार अहिलेसम्म कुनै उद्योगले पूर्णरूपमा रकम बुझाएको छैन। ‘केही उद्योगी छलफलमा आएका छन्, तर बक्यौता तिर्नुको विकल्प छैन,’ उनले भने। प्राधिकरणले उद्योगहरूलाई २८ किस्तामा रकम तिर्ने सुविधा दिँदासमेत अटेर गरिएकाले अब लाइन काट्ने निर्णय कार्यान्वयनमा लैजान लागिएको हो।

२०७२ माघदेखि २०७५ वैशाखसम्म लोडसेडिङ व्यवस्थापनका लागि डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत आपूर्ति गरिएको विद्युत्को प्रिमियम शुल्कमा उद्योगीहरूको असहमति सुरु भयो। त्यही विवाद अहिले पनि चर्किरहेको छ। प्राधिकरणका अनुसार सो अवधिको मात्र बक्यौता ६ अर्ब ४० करोड रुपैयाँ नाघिसकेको छ भने समग्रमा २३ अर्बभन्दा बढी रकम उठ्न बाँकी छ।

हालसम्म सम्राट् सिमेन्ट र रोल्पा सिमेन्टले आंशिक भुक्तानी गर्ने संकेत दिएका छन् भने अन्य उद्योगहरू सम्पर्कमै आएका छैनन्। प्राधिकरणले भने स्पष्ट रूपमा चेतावनी दिएको छ—तोकेको म्यादसम्म रकम नआए सशक्त कारबाही हुनेछ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button