हेडलाईनव्याससमाचारगण्डकी

तनहुँका पूर्वशिक्षक पौडेलद्वारा विद्यालयमा अक्षयकोष स्थापना : गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने

प्रहार समाचार । तनहुँ, २९ असोज २०८२ बुधवार । तनहुँको व्यास नगरपालिका वडा नं. ४, दमौली (हाल काठमाडौं ) निवासी पूर्वशिक्षक ऋषु पौडेलले व्यास – २, दमौलीमा रहेको बालमन्दिर माध्यमिक विद्यालयमा “ऋषु पौडेल अक्षयकोष” स्थापना गरेका छन्। शिक्षण सेवामा २२ वर्ष समर्पित भई सेवा निवृत्त विद्यालयका पूर्व शिक्षक पौडेलले अक्षयकोषका लागि लागि १ लाख ५ हजारको चेक एक कार्यक्रमका बिच हिंजो विद्यालयलाई हस्तान्तरण गरेका हुन्।

अक्षयकोषको ब्याजबाट विद्यालयका आर्थिक रूपमा कमजोर तथा मेधावी विद्यार्थीहरूलाई बार्षिक रूपमा छात्रवृत्तिको व्यवस्था गरिने छ ।

चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति कार्यवाहक अध्यक्ष रामनाथ रिमाल, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण हरि गैह्रे, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका कार्यवाहक अध्यक्ष रिमालले शिक्षण क्षेत्रमा पौडेलको समर्पण, संस्थाप्रतिको निष्ठा र अक्षयकोष मार्फत विद्यालयमा पुर्‍याएको योगदानप्रति विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गरे ।

उक्त अक्षयकोषले भविष्यमा विद्यालयमा आर्थिक अभावले पढ्न असमर्थ हुने विद्यार्थीहरूलाई राहत पुग्ने विश्वास लिइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button