हेडलाईनसमाचारप्रदेश

‘जेन जी पुस्ताका जायज माग सम्बोधन गर्नैपर्छ’ : सभापति देउवा

प्रहार समाचार । काठमाडौँ, २८ असोज २०८२ गलवार । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनले उठाएका मागहरूलाई सम्बोधन गर्न राज्य गम्भीर हुनुपर्ने बताएका छन्। कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय समितिको बैठकमा बोल्दै उनले आन्दोलनको मूल मर्म बुझेर युवा पुस्ताको आवाजलाई राज्यले बेवास्ता गर्न नहुने स्पष्ट पारे।

देउवाले भदौ २३ र २४ गतेको घटनालाई दुःखद् र भयावह भन्दै निर्दोष युवाको ज्यान गएको घटनाले आफूलाई गहिरो पीडा दिएको बताए। उनले देशका प्रमुख सरकारी संरचना, सार्वजनिक सेवा कार्यालयहरू र निजी सम्पत्तिमा भएको आक्रमण, आगजनी र तोडफोडले मुलुकलाई गम्भीर संकटमा पुर्‍याएको जनाए।

उनले शान्तिपूर्ण प्रदर्शनमा भएको घुसपैठ र त्यसले निम्त्याएको हिंस्रक रूपले आन्दोलनको सार नै बिग्रिएको उल्लेख गर्दै ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली, पीडित परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button