प्रहार समाचार । काठमाडौँ, २७ असोज २०८२ सोमवार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४४.२५ अंकले बढेर २,५४७.६० विन्दुमा पुगेको छ, जुन १.७६% वृद्धि हो। ३३० कम्पनीका ९९ लाखभन्दा बढी कित्ता शेयर ४ अर्ब ९७ करोड बराबरमा किनबेच भए।

सबै उपसमूह हरियो देखिए, होटल तथा पर्यटन, जलविद्युत्, व्यापार र अन्य समूहमा उल्लेखनीय वृद्धि भयो। नेपाल माइक्रो, नेपाल रिइन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्सको मूल्यमा सर्किट लाग्यो भने कर्पोरेट डेभलपमेन्ट बैंक सबैभन्दा बढी घाटामा पर्यो।
सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको (३१.९१ करोड) भयो भने शेयर संख्यामा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रह्यो।



























