प्रहार समाचार । तनहुँ , २७ असोज २०८२ सोमवार । तनहुँको व्यास–१, गल्बुबेशीस्थित अकला मन्दिरमा बसोबास गर्दै आएका बिरामी बाबाको उपचार र दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले अकला युवा क्लबले मानवताको भावन देखाएको छ ।

बाबाको दिनप्रतिदिन कमजोर हुँदै गएको स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाएपछि क्लबले आपतकालीन सहयोग संकलन गर्ने निर्णय गरेको थियो। सोही अभियान अन्तर्गत क्लबका सदस्यहरूबाट जम्मा भएको ७ हजार २ सय बाबालाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष नवराज थापाले बताए ।
अध्यक्ष थापाका अनुसार सहयोग गर्ने सदस्यहरूमा हरि हड्खले, नवराज थापा, बसन्त गुरुङ, आशिष खवास, विष्णु बसन्त साथी, गणेश भट्ट, शम्भु न्यौपाने, लक्ष्मण अधिकारी, अविरल अधिकारी, अर्जुन बिमली, सन्तोष थापा र सुमन भाई टिमले सहयोग गरेका हुन्। ‘साना सहयोगले ठूलो परिवर्तन सम्भव छ’ भन्ने नाराका साथ अगाडि बढेको क्लबले अन्य इच्छुक व्यक्तिहरूलाई पनि सहयोगका लागि आह्वान गरेको छ।



























