प्रहार समाचार । काठमाडौँ, २७ असोज २०८२ आइतवार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भइरहेको अवैध सुन तस्करी काण्डमा संलग्न ठूला व्यक्तित्वमाथि कारबाही सुरु भएको छ। आज पूर्वसभामुख कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको हो। चिनियाँ नागरिकहरूसँगको कल रेकर्ड तथा निरन्तर सम्पर्कका आधारमा महरालाई नियन्त्रणमा लिइएको सीआईबी स्रोतले जनाएको छ ।

महरामाथि २०८० चैतमै प्रारम्भिक अनुसन्धान सुरु भइसकेको थियो, तर हालै फेला परेका नयाँ प्रमाणका आधारमा थप गम्भीर कारबाही अघि बढाइएको हो। विशेषगरी सुन तस्करीमा संलग्न दुई चिनियाँ नागरिकसँगको संवाद, भेटघाट तथा लेनदेनसम्बन्धी विवरणले अनुसन्धानलाई निर्णायक मोड दिएको सीआईबी अधिकारीहरू बताउँछन्।
यो घटनासँगै लामो समयदेखि राजनीतिक आडमा चल्दै आएको सुन तस्करी र सञ्जालमाथि कठोर अनुसन्धान अघि बढ्ने संकेत देखिएको छ। सीआईबीले हाल महरासँगै अन्य सम्भावित संलग्न पक्षहरूलाई पनि निगरानीमा राखेको छ भने सुनकाण्डको फाइल फेरि एकपटक औपचारिक रूपमा खुलेको छ। हेरौं पक्राउ उभियोग पत्र / विज्ञप्ति :

























