हेडलाईनव्याससमाचारगण्डकी

निजी क्षेत्रको सहयोगमा सेवा पुनः सञ्चालन – तनहुँ प्रशासन कार्यालयमा परिचयपत्र सेवा सुरु

प्रहार समाचार । तनहुँ, २६ असोज २०८२ आइतवार । जेन जी पुस्ता आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय तनहुँमा निजी क्षेत्रको सहयोगमा राष्ट्रिय परिचयपत्र वितरण सेवा पुनः सुरु भएको छ। तनहुँ उद्योग वाणिज्य सङ्घले २ लाख २० हजार रुपैयाँ खर्चेर कार्यालयका दुई कोठाको मर्मत–सम्भार गरेपछि तथा मन्त्रालय बाट आवश्यक उपकरणहरु उपलब्ध भएपछि सेवा सञ्चालन सम्भव भएको हो। नागरिकता सेवा पहिल्यै सञ्चालनमा रहेकामा आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको हो भने राहदानी विवरण संकलन चाँडै सुरु गर्ने तयारी भइरहेको छ।

संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले “जनताले तुरुन्त सेवा पाउन सकून् भन्ने उद्देश्यले काम अघि बढाइएको” बताउँदै सरकारी सेवाको निरन्तरता कायम गर्न निजी क्षेत्रले सधैं सहकार्य गर्न तयार रहेको जनाए। मर्मत सम्पन्न कोठाको चाबी एक कार्यक्रमका बीच संघका अध्यक्ष मिश्रले प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई हस्तान्तरण गरेका थिए।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले राहदानीबाहेक अन्य सबै सेवा असजिलो परिस्थितिका बाबजुद पनि सञ्चालन गरिएको बताए। आगलागीका कारण कार्यालयका अधिकांश उपकरण जलेर नष्ट भएपछि सेवा सुचारु गर्न कठिन भएको र अहिले पनि सीमित स्रोतसाधनका कारण सेवा प्रवाहमा ढिलाइ हुने जानकारी उनले दिए। चाबी हस्तान्तरण कार्यक्रममा संघका पूर्वअध्यक्ष बृषराज श्रेष्ठ, मंगलप्रसाद श्रेष्ठ, दमौली बजार इकाइ अध्यक्ष शुकनारायण मल्ल, पूर्वअध्यक्ष भूपाल आले, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीलगायतको उपस्थिति रहेको थियो।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button