हेडलाईनसमाचारप्रदेश

‘सरकार एनजिओको हो ?’ भन्ने प्रश्नले प्रधानमन्त्री कार्की झोक्किइन्

प्रहार समाचार । काठमाडौँ, २५ असोज २०८२ शनिवार । प्रधानमन्त्री सुशीला कार्की र ‘जेन जी पुस्ता’ प्रतिनिधिहरूबीच झन्डै दुई घण्टा लामो छलफलमा तीव्र बहस चल्यो। छलफलको क्रममा एक प्रतिनिधिले सरकार र मन्त्रीहरूलाई एनजिओसँग जोडेर सोधेको प्रश्नले वातावरण एकाएक तालिन पुग्यो । तस्बिर : सामाजिक संञ्जाल

‘सरकार एनजिओको हो? सरकारका सबै मन्त्री एनजिओका हुन्?’ भन्ने प्रश्न उठेपछि प्रधानमन्त्री कार्की असन्तुष्ट देखिइन्। उनले तीव्र प्रतिक्रियासहित भनिन्, “के-को एनजिओ? को एनजिओ? मैले आजसम्म कुन एनजिओमा काम गरेको छु?” प्रधानमन्त्रीले उपस्थितहरूलाई गैरआवश्यक आशंका नगरिन चेतावनी दिँदै भनिन्, “नचाहिने कुरामा जसले जे भन्यो पत्याउनेमा तपाईंहरू नजानुस्।”

प्रतिनिधिहरूका अनुसार प्रधानमन्त्रीको भनाइपछि बैठक केही समय मौन रह्यो। दुई पक्षबीच देखिएको तिक्तता र असमझदारीले बैठकको प्रारम्भिक र सकारात्मक गतिलाई केही क्षण रोकिएको थियो। तर पछि छलफल पुन: नियमित रूपमा अघि बढाइएको बताइएको छ । निष्कर्ष के भयो ? भन्ने बारेरमा भने खुल्न सकेको छैन ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button