हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : देशभर मौसम सामान्य, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ, २६ असोज २०८२ आइतवार । देशभर हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेकाले अधिकांश भागमा मौसम सामान्य रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पहाडी क्षेत्रहरूमा आंशिक बदली देखिए पनि तराई तथा अन्य भूभागहरूमा मौसम सामान्य र खुला रहेको विभागको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि आंशिक बदली रहनेछ भने अन्य भागहरूमा मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

आज राति पनि कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशहरूमा मौसम सामान्य रहनेछ। मौसमले विशेष प्रभाव नपार्ने भएकाले जनजीवन सामान्यरूपमा चल्ने विभागको भनाइ छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button