हेडलाईनसमाचारप्रदेशअन्तर्राष्ट्रिय समाचारखेलकुद

आईसीसी टी–२० विश्वकप एसिया–प्रशान्त छनोटको समूह चरण : नेपालको शानदार यात्रा, समूह विजेता बन्दै ‘सुपर–६’ मा प्रवेश

प्रहार समाचार । ओमान, २४ असोज २०८२ शुक्रवार ।आईसीसी टी–२० विश्वकप एसिया–प्रशान्त छनोटको समूह चरणमा नेपालले दमदार प्रदर्शन गर्दै समूह ‘बी’ को विजेता बन्न सफल भएको छ। शुक्रबार जापानमाथि ५ विकेटको जितसहित नेपाल ‘सुपर–६’ चरणमा दुई अंक लिएर प्रवेश गरेको हो, जहाँ यी अंक निकै निर्णायक सावित हुनसक्नेछ।

टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनायो। जापानका कप्तान फ्लेमिङले ६० र एसम रहमानले ३१ रन बनाए। नेपालका बलर गुलसन झा र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए।

जवाफी ब्याटिङमा नेपालले १८ ओभरमै लक्ष्य पछ्याउँदै पाँच विकेटको जित दर्ता गर्‍यो। ओपनर कुशल भुर्तेलले २१ रन बनाउँदा अर्का ओपनर आसिफ शेखले ३८ रनको विस्फोटक इनिङ खेले। कप्तान रोहित पौडेलले १८ रन जोड्दा अन्त्यतिर गुलसन झा र दीपेन्द्रसिंह ऐरीको अविजित साझेदारीले नेपाललाई लक्ष्यसम्म पुर्‍यायो।

गुलसनले २८ रन र दीपेन्द्रले १४ रन बनाउँदै टोलीलाई सहज जित दिलाए। यस जितसँगै नेपाल र जापान दुवैले ‘सुपर–६’ मा स्थान बनाए पनि अब यी दुई टोली एक–अर्काविरुद्ध भिड्ने छैनन्, किनभने तिनीहरू एउटै समूहबाट आएका हुन्।

‘सुपर–६’ चरणमा नेपालले समूह ‘ए’ र ‘सी’ का शीर्ष दुई टोलीसँग चार खेल खेल्नेछ। अन्तिम चरणपछि शीर्ष तीन टोली सन् २०२६ मा हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button