प्रहार समाचार । काठमाडौँ, २३ असोज २०८२ बिहिवार । सरकारले नेपाल प्रहरीका चारजना डिआइजी (डिपुटी इन्स्पेक्टर जनरल)लाई एआइजी (अतिरिक्त इन्स्पेक्टर जनरल)मा बढुवा गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजीहरू सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार, प्रहरी संगठनलाई थप प्रभावकारी बनाउन र निर्यामित प्रक्रिया अन्तर्रगत न मन्त्रिपरिषद्ले सो निर्णय लिएको हो। अब बढुवा भएका चार एआइजीहरूलाई संगठनभित्रका महत्वपूर्ण जिम्मेवारी तोकिएर नयाँ कार्यभार प्रदान गरिने अपेक्षा गरिएको छ।
























