हेडलाईनव्याससमाचारगण्डकी

तनहुँको आदिकवि भानुभक्त क्याम्पसको प्रशासनिक भवन निर्माण असोजको अन्तिम साता देखि सुरु हुने

प्रहार समाचार । तनहुँ, २३ असोज २०८२ बिहीवार । तनहुँको व्यास नगरपालिका–१, विज्ञानचौरमा रहेको आदिकवि भानुभक्त क्याम्पस परिसरमा आधुनिक प्रशासनिक भवन निर्माण कार्य आगामी असोज महिनाको अन्तिम सातादेखि सुरु हुने भएको छ। विश्वविद्यालय अनुदान आयोगको १ करोड रुपैयाँ अनुदान र क्याम्पसको १२ लाख ५६ हजार ९ सय ७० रुपैयाँ ९३ पैसा लागत सहभागितासहित कुल १ करोड १२ लाख ५६ हजार ९ सय ७० रुपैयाँ ९३ पैसा को लागतमा उक्त भवन निर्माण हुने भएको छ ।

प्रशासनिक भवन निर्माणका लागि आज बिहान क्याम्पसमा आयोजित कार्यक्रममा दुई पक्षीय निर्माण सम्झौता सम्पन्न गरिएको हो। सम्झौता कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार, बोलपत्र मूल्याङ्कन समितिका संयोजक क्याप्टेन सोमबहादुर थापा, र निर्माण कम्पनी पञ्च शिभु जेभी, भक्तपुरका निर्देशक सन्तुलन देशमरूको उपस्थिति रहेको थियो।

सम्झौताअनुसार क्याम्पसको तर्फबाट प्रमुख महाप्रसाद हड्खले र निर्माण कम्पनीका तर्फबाट निर्देशक सन्तुलन देशमरूले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। निर्माण कार्य समयमै सम्पन्न गरी क्याम्पस प्रशासनका कार्यहरू प्रभावकारी रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।

आदिकवि भानुभक्त क्याम्पस तनहुँको अग्रणी शैक्षिक संस्थामध्ये एक हो । यस भवन निर्माणले शैक्षिक वातावरण थप स्तरीय हुने क्याम्पस प्रशासनको विश्वास छ। आगामी दिनमा पूर्वाधार सुदृढीकरणमार्फत विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरूलाई सहज वातावरण सिर्जना गरिने क्याम्पसले जनाएकोको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button