हेडलाईनव्याससमाचारगण्डकी

‘जेन्जी’ आन्दोलनको क्षति र आगामी विकास योजनामा व्यास नगर कार्यपालिकाको ठोस निर्णयहरु

प्रहार समाचार । तनहुँ, २३ असोज २०८२ बिहीवार । व्यास नगरपालिकाको २ सय २४औं नियमित कार्यपालिका बैठक नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा हिंजो सम्पन्न बैठकले बाढी–पहिरो, जेन्जी पुस्ता आन्दोलनबाट भएको क्षति, योजनाको कार्यान्वयन, आन्तरिक आयको अवस्था तथा सामाजिक सुरक्षा भत्ताको नविकरण लगायतका सात वटा निर्णय गर्दै आगामी कार्यदिशा तय गरेको छ।



बैठकले सर्वप्रथम अघिल्लो बैठक (२०८२ भदौ २२) मा भएका निर्णयहरूको समिक्षा गरेको छ। साथै, असोज १९–२१ मा भएको बाढी र पहिरोबाट नगरपालिका भरिका सबै १४ वटै वडामा जनधनको क्षति नभएको विषयमा विवरण प्रस्तुत गर्दै राहत तथा पूर्वतयारीका उपायहरूमाथि छलफल गरिएको थियो


आर्थिक वर्ष २०८२/०८३ का लागि नगरसभाबाट पारित योजनाहरूलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयबाट प्राप्त निर्देशिका बुँदाहरूको अध्ययन गरी तदनुसार योजना अगाडि बढाउने निर्णय गरिएको छ। खर्च कटौती र कर्मचारी व्यवस्थापनसम्बन्धी विषयमा ७ सदस्यीय समिति गठन गरी प्रतिवेदन आगामी बैठकमा पेश गर्ने सहमति पनि जुटाइएको छ ।


बैठकले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण सरकारी तथा निजी सम्पत्तिमा भएको क्षतिबारे समिक्षा गऱ्यो ।ग चार सरकारी सवारीसाधन पूर्णरूपमा ध्वस्त हुनुका साथै नगर प्रमुखको आवास गृहमा तोडफोड र चोरीका घटना भएको विवरण प्रस्तुत गरिएको थियो ।


बैठकमा सामाजिक सुरक्षाभत्ता नविकरणको अवस्थाबारे जानकारी दिँदै हालसम्म ७ हजार ९ सय ८ मध्ये ७ हजार ८ सय १५ जनाको नविकरण भइसकेको र बाँकी ९३ जनाको प्रक्रिया जारी रहेको जनाइएको थियो । नगर पालिकाको आन्तरिक आम्दानीतर्फ चालू आर्थिक वर्षमा २० करोडको लक्ष्य राखिएकोमा हालसम्म करिब २ करोड ३८ लाख संकलन भइसकेको जानकारी पनि बैठकमा प्रस्तुत गरिएको नगर प्रवक्ता सुरेश थापाले जानकारी दिए । थ


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button