प्रहार समाचार । चितवन, १० असोज २०८२ शुक्रवार । मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोलानजिक खसेको ठूलो पहिरो हटाइएपछि आवागमन पुनः सुरु भएको छ। गत मंगलबार दिउँसो ४:५५ बजे पहिरो खसेपछि अवरुद्ध बनेको सडक बिहीबार रातिदेखि दुईतर्फी रूपमा सञ्चालनमा आएको भरतपुर सडक डिभिजनले जनाएको छ।

पहिरोका कारण मालवाहक र यात्रुबाहक सयौं सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए। बुधबार बिहानदेखि डोजर तथा अन्य उपकरणमार्फत दुबै तर्फबाट पहिरो पन्छाउने कार्य थालिएको थियो। य
सडक सञ्चालनमा आए पनि डिभिजनले निरन्तर वर्षाका कारण फेरि पहिरो खस्ने सम्भावना रहेकाले सवारी चालक तथा यात्रुहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। वर्षायाम सुरु भएसँगै यो सडकखण्डमा बारम्बार पहिरो खस्ने समस्या देखिँदै आएको छ।


























