हेडलाईनसमाचारप्रदेश

चार नवनियुक्त मन्त्रीको शपथ, शिक्षा मन्त्रीमा महावीर पुन, सूचना तथा संञ्चारमा खरेल

काठमाडौं, भदौ २२ — राष्ट्रपति भवन शीतल निवासमा सोमबार अपराह्न आयोजित विशेष समारोहमा चार जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल, र कृषि मन्त्रीमा डा. मदन परियारले शपथ लिएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले मन्त्रिपरिषद् विस्तारस्वरूप उनीहरूलाई नियुक्त गरेका हुन्। यसअघि कार्कीसहित तीन मन्त्रीले शपथ लिइसकेका थिए। नयाँ नियुक्तिसँगै अन्तरिम मन्त्रिपरिषद्ले थप गति लिने अपेक्षा गरिएको छ।

यस अघि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा रामेश्वर प्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रीमा कुलमान घिसिङ, र गृह मन्त्रीमा ओम प्रकाश अर्यालले शपथ लिइसकेका छन् ।

जेनजी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार विघटन भई अन्तरिम प्रधानमन्त्रीका रूपमा कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको हो। पछिल्ला नियुक्तिसँगै मन्त्री मण्डल आठ सदस्यीय बनेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button