हेडलाईनसमाचारप्रदेश

एआइजी मनोज केसी पुनः CIB प्रमुखमा, ठूला फाइलहरू खुल्ने संकेत

प्रहार समाचार । काठमाडौँ, ७ असोज २०८२ सोमवार । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को प्रमुखको जिम्मेवारी दिएको छ। भुटानी शरणार्थी प्रकरणमा कडा भूमिका खेलेर तत्कालीन गृहमन्त्री बालकृष्ण खाँड र एमाले नेता टोपबहादुर रायमाझीसम्म कारबाहीको प्रक्रिया अघि बढाएका केसी फेरि महत्वपूर्ण भूमिकामा फर्किएका छन्।

केसीको सरुवासँगै फेरि ठूला र उच्च राजनीतिक तहसम्म जोडिएका मुद्दाहरूमा अनुसन्धान चर्किने संकेत देखिएको छ। शरणार्थी प्रकरणपछि CIB को अनुसन्धान क्षमताको चर्चा व्यापक बनेको थियो, र त्यसमा नेतृत्वदायी भूमिका खेलेका केसीको पुनरागमनसँगै नयाँ फाइलहरू खोलिने अपेक्षा गरिएको छ।

केसी विगतमा पनि संवेदनशील मुद्दाहरूमा निष्पक्ष र निर्भीक ढंगले अनुसन्धान अघि बढाउने अधिकारीका रूपमा चिनिँदै आएका छन्। उनलाई नेपाली कांग्रेसले हटाएको थियो । अब उनले पुनः CIB को कमान सम्हालेसँगै सत्ता र प्रभावशाली व्यक्तिहरू संलग्न ठूला मुद्दाहरूमा पनि कानुनी प्रक्रिया अघि बढ्ने विश्वास लिइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button