हेडलाईनसमाचारभानुगण्डकीसाहित्य

आदिकवि भानुभक्तको १५७ औँ स्मृति दिवसमा सतिघाटमा सरसफाई कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ, ७ असोज २०८२ सोमवार । तनहुँको भानु नगरपालिकाले आदिकवि भानुभक्त आचार्यको १५७ औँ स्मृति दिवसको अवसरमा भानु–१ सतिघाटमा आज समाधि स्थलमा सरसफाइ तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको छ।

२०८२ असोज ६ गते सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमा वाग्ले, भानु नगर प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, पूर्व नगरप्रमुख उदयराज गौली , ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठलगायतले कार्यक्रममा बोल्दै भानुभक्तको योगदानलाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे। नगर प्रमुख त्रिपाठीले भानुभक्तको योगदानलाई जीवन्त राख्न नगरले निरन्तर कार्यक्रम गर्दै आएको बताउँदै, साहित्य र संस्कृतिको संरक्षणमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिए।

वि.सं. १८७१ साल असार २९ गते तनहुँ चुँदीरम्घामा जन्मिएका भानुभक्तको निधन १९२५ साल असोज ६ गते सतिघाटमै भएको थियो । स्मृति दिवसले नेपाली भाषा, साहित्य र पहिचानका महान् धरोहरप्रति श्रद्धा प्रकट गर्दै भावी पुस्तालाई प्रेरणा दिने विश्वास लिइएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button