हेडलाईनसमाचारप्रदेश

जेन-जीको आन्दोलन सेलिँदै जाँदा पुराना शक्ति कै हावी । ‘मन्त्रिपरिषद् तथा अन्य महत्त्वपूर्ण नियुक्तिमा कम्तीमा एक तिहाइ युवा सहभागिता सुनिश्चित आवश्यक’ -डा. भट्टराई

प्रहार समाचार । काठमाडौँ, ७ असोज २०८२ सोमवार । . पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन-जी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारका सकारात्मक पहलहरूलाई स्वागत गर्दै आन्दोलनको ऊर्जा क्रमशः कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। प्रधानमन्त्री सुशीला कार्कीका अभिव्यक्ति र कदमहरू उत्साहजनक रहे पनि, आन्दोलनको रापताप घटेसँगै पुराना शक्ति पुनः हावी हुन थालेको उनले बताएका छन्।

डा. भट्टराईले सरकारले पुराना शक्ति होइन, परिवर्तनको पक्षमा उभिएका विद्रोही जेन-जीहरूको भावनालाई आत्मसात् गर्नुपर्नेमा जोड दिए। उनले अन्तरिम सरकारलाई परिवर्तनको बाटोमा दृढतापूर्वक अगाडि बढ्न आग्रह गर्दै, आन्दोलनका मर्म र मूल उद्देश्यलाई सम्झनु आवश्यक रहेको उल्लेख गरे।

युवाको असन्तुष्टि पुनः विस्फोट हुन सक्ने चेतावनी दिँदै उनले मन्त्रिपरिषद् तथा अन्य महत्त्वपूर्ण नियुक्तिमा कम्तीमा एक तिहाइ युवा सहभागिता सुनिश्चित गर्न सुझाव दिए। “सक्रिय र सक्षम युवालाई निर्णायक भूमिकामा ल्याउने बेला यही हो,” डा. भट्टराईले भने, “नत्र परिवर्तनप्रति आशावादी पुस्ता फेरि सडकमा आउन सक्छ।”


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button