हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

घटस्थापनासँगै बडा दसैं सुरु, दुर्गा आराधना आरम्भ

प्रहार समाचार । काठमाडौं, ६ असोज २०८२ सोमवार । आश्विन नेपाली हिन्दुहरूको महान पर्व बडा दसैं आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने गर्दछ ।

यस पर्व दसैंको पहिलो दिन बिहान ९:१३ बजे साइतमा घरघरमा कलश स्थापना र जमरा रोपेर दुर्गा पूजाको आरम्भ गरिएको छ। पूजा कोठामा चोखो माटो, बालुवा र गोबरले लिपपोत गरी जौ तथा मकैको जमरा रोप्ने चलन छ, जसलाई जमरा राख्ने भनिन्छ।

नवरात्रभर देवी दुर्गाका नौ रूप — शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म — को विशेष पूजाआराधना गरिन्छ। महाकाली, महालक्ष्मी र महासरस्वतीका रूपमा दुर्गा शक्तिको प्रतीक मानिन्छन्। दुर्गाले चण्ड, मुण्ड, शुम्भ, निशुम्भ लगायत राक्षसको वध गरी दैवी शक्तिको विजय भएको विश्वासका साथ यस पर्वमा पाठ, पूजाआजा र आराधना गरिन्छ।

बडा दसैंको सातौं दिन फूलपाती, आठौं दिन महाअष्टमी, नवौं दिन महानवमी र दशौं दिन विजया दशमी मनाइन्छ। शक्तिपीठहरूमा विशेष भीड लाग्ने यो पर्वलाई सत्यको असत्यमाथिको विजयको प्रतीकका रूपमा सम्पूर्ण मानव जातिले मनाउने परम्परा छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button