हेडलाईनसमाचारगण्डकी

जिल्ला प्रशासन कार्यालय तनहुँलाई फोटोग्राफर यसोसियशन तनहुँको सहयोग

प्रहार समाचार । तनहुँ, ५ असोज २०८२ आइतवार । जिल्ला प्रशासन कार्यालय तनहुँमा आगजनी तथा तोडफोड भएपछि कार्यालय सञ्चालनमा कठिनाइ भइरहेको बेला फोटोग्राफर यसोसियशन तनहुँले सहयोगी हात अगाडि बढाएको छ ।

कार्यालय सञ्चालनमा सहजता ल्याउने उद्देश्यले यसोसिएशनले तनहुँले जिन्सी सामग्री अन्तर्गत ५ थान कुर्सी हस्तान्तरण गरेको हो। यसोसियशनका अध्यक्ष आलोक कुमाल, पूर्व अध्यक्ष बलभद्र श्रेष्णलगायतको टोलीले जिल्ला प्रशासन कार्यालय तनहुँका जिन्सी शाखा प्रमुख गोपाल पोखरेलमार्फत सो सहयोग आज हस्तान्तरण गरेका हुन्।

सहयोग कार्यक्रममा सहभागी सम्पूर्ण फोटोग्राफरहरू लाई यसोसियशनले धन्यवाद व्यक्त गरेको छ। सार्वजनिक संस्थामा सेवा प्रवाह सहज बनाउन गरिएको यस्तो सहयोगले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button