हेडलाईनसमाचारप्रदेश

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार : महावीर पुन शिक्षामन्त्री, डा. मिश्रा स्वास्थ्यमा

काठमाडौँ — अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पाँच नयाँ मन्त्रीको नाम सिफारिस गर्दै आफ्नो मन्त्रिपरिषद् विस्तार गरेकी छन्। उद्योग, वाणिज्य, आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी र गरिबी निवारणजस्ता बहु जिम्मेवारीसहित अनिलकुमार सिह्ना सरकारमा प्रवेश गर्दैछन्। शिक्षाविद् तथा आविष्कारकर्मी महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मा दिइनेछ भने सञ्चार मन्त्रालयको नेतृत्व सञ्चारकर्मी जगदीश खरेलले सम्हाल्नेछन्।

कृषि मन्त्रालयको लागि समता फाउन्डेसनका अध्यक्ष तथा पूर्वसंविधानसभा आयोग संयोजक मदनप्रसाद परियार सिफारिस भएका छन्। ‘रोमन म्यागसेसे अवार्ड’ प्राप्त महावीर पुन विज्ञान र अनुसन्धानमा दशकौँदेखि क्रियाशील छन्। उनले बन्द अवस्थामा रहेको वीरगन्जको कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउँदै त्यसलाई आविष्कार केन्द्रको रूपमा रूपान्तरण गरिरहेका छन्।

स्वास्थ्य मन्त्रालयका लागि सिफारिस भएकी डा. संगीता मिश्रा यसअघि स्वास्थ्य अतिरिक्त सचिव थिइन्। सचिव नियुक्तिमा न्याय नपाएको भन्दै राजीनामा दिएकी उनी कोशी अस्पतालदेखि स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदै मन्त्रालयकी प्रवक्तासमेत रहेकी अनुभवी स्वास्थ्य प्रशासक हुन्। यसअघि नै तीन मन्त्री नियुक्त भइसकेको अन्तरिम मन्त्रिपरिषद् अब सात सदस्यीय बनेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button