हेडलाईनसमाचारप्रदेश

कैदी बन्दि फरार प्रकरण : समाजमा अपराध बढ्दै

प्रहार समाचार । काठमाडौँ, ५ असोज २०८२ आइतवार । जेनजी पुस्ता आन्दोलनको मौका छोपी हजारौं कैदीहरू कारागारबाट भागेपछि समाजमा असुरक्षा चुलिंदै गएको छ। यसै क्रममा नक्खु कारागारबाट भदौ २४ गते फरार भएका एक कैदीले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ की ३० वर्षीया मनीषा घेवा तामाङको हत्या गरेका छन्।

ती महिला तीन दिनदेखि बेपत्ता रहेकोमा उनको शव आज बिहान घर नजिकैको बारीमा गाडिएको अवस्थामा फेला परेको पनौती १२ का वडाध्यक्ष जयराम केसीले पुष्टि गरे।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार घटना जानकारीमा आएपछि प्रहरी टोली घटनास्थलमा पुगेर शव खोतल्ने कार्य गरेको छ। हत्या अभियुक्त हाल फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । सम्बन्धित घटनाले फरार कैदीहरूले समाजमा ल्याइरहेको त्रास र राज्य संयन्त्रको चुनौती उजागर गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button