हेडलाईनसमाचारप्रदेश

अन्तरिम सरकारमा थप तीन मन्त्री सिफारिस

प्रहार समाचार । काठमाडौँ, ५ भदौ २०८२ आइतवार । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा थप तीन मन्त्री नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नाम पठाइएको बताइएको छ।

मोहना अन्सारी, महावीर पुन र जगधिश खरेलको नाम मन्त्रीकालागि सिफारिस गरिएको समाचार श्रोतले बतायो । स्रोतका अनुसार अन्सारीलाई कुन मन्त्रालय दिइने हो भन्ने खुलेको छैन भने खरेललाई सञ्चार तथा सूचना प्रविधि र पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिइने अनुमान गरिएको छ ।

यसअघि रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्रीमा नियुक्त भइसकेका छन्। खनालले अर्थ मन्त्रालय, घिसिङले ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास र अर्यालले गृह तथा कानुन मन्त्रालय सम्हालिरहेका छन्। अन्तरिम सरकार गठनपछि विज्ञ र प्राविधिक व्यक्तित्वहरूलाई प्राथमिकतामा राखेर मन्त्रिपरिषद् विस्तार भइरहेको छ।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् ११ सदस्यभन्दा बढी नहुने बताइसकेकी छन्। हालसम्म नियुक्त व्यक्तिहरूका कार्यक्षमता र निष्पक्ष छविलाई ध्यानमा राखेर सरकार विस्तार भइरहेको देखिन्छ। बाँकी मन्त्रीहरूको चयनमा पनि यस्तै मापदण्ड अपनाइने अनुमान छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button