हेडलाईनसमाचारप्रदेश

नागढुङ्गा–सिस्नेरी–सुरुङमार्ग दशैं अगाडि नै सञ्चालन गर्न मन्त्री घिसिङको निर्देशन

प्रहार समाचार । काठमाडौं, ४ असोज २०८२ शनिवार । चाडपर्वको भीडलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीसाधनका लागि नागढुङ्गा–सिस्नेरी–सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दसैँअघि नै उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीलाई सुरुङमार्गबाट सञ्चालनमा ल्याउने र दसैँपछि त्यस्तै सवारीलाई उपत्यकामा प्रवेश गराउने व्यवस्था मिलाउ निर्देशन दिएका छन्। ।

मन्त्री घिसिङले आज राजधानी काठमाडौँमा सरोका वलाहरुसङ्ग चाडपर्वको समयमा यात्रुहरूको सहजता र सुरक्षा सुनिश्चित गर्न नयाँ बसपार्कदेखि विभिन्न राजमार्गसम्म प्रहरी गस्ती र संख्या थप्न नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई आग्रह गरेका छन्। उनले विशेषगरी नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा दसैँ अवधिभर १२ चक्के र सोभन्दा ठूलो सवारी सञ्चालन नगर्न अनुरोध गर्ने निर्णय पनि बैठकमा गरिएको जानकारी दिए।

छलफलमा तातोपानी नाका जोड्ने मुख्य सडकलाई दसैँअगाडि सञ्चालनमा ल्याउने गरी सडक विभागलाई आवश्यक कार्य अघि बढाउन निर्देशन दिइएको छ। सडकको समयमै मर्मत तथा सुधार कार्य सम्पन्न गरी वैकल्पिक मार्गका रूपमा यसको प्रयोग गर्न सकिने व्यवस्था मिलाउने तयारी भइरहेको बैठकमा सरोकारवाला निकायले बताएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button