हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम : दुई प्रदेशमा भारी वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौं, ५ असोज २०८२ आइतवार । नेपालमा मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ भने स्थानीय वायुले समेत आंशिक प्रभाव पारिरहेको विभागले जनाएको छ।

विभागका अनुसार आइतबार (असोज ५) दिउँसो कोशी र बागमती प्रदेशका केही स्थान, मधेश र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका अन्य भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य भागमा आंशिक बदलीको अवस्था रहनेछ। महाशाखाले आइतबार बिहान जारी गरेको विज्ञप्तिमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा देशका अन्य भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना उल्लेख गरिएको छ।

मौसममा यस्ता उतारचढाव भइरहने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button