हेडलाईनसमाचारप्रदेश

चुनावको तयारीमा निर्वाचन आयोग : सरकारलाई शान्ति सुरक्षाको आग्रह

• बिजय अधिकारी (संवाददाता ) काठमाडौँ, ३ असोज २०८२ शुक्रवार । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोग समयमै चुनाव गराउने तयारीमा रहेको बताएका छन्। हिंजो गृह मन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उनले आवश्यक अध्यादेशमार्फत कानुनी अड्चन हटेपछि मतदाता सङ्कलन लगायतका काम सहज हुने स्पष्ट पारे।

गृह तथा कानून मन्त्री अर्यालले चुनाव गराउनु सरकारको मुख्य दायित्व भएको उल्लेख गर्दै चुनाव हुनेमा शङ्का नगर्न आग्रह गरे। शान्ति सुरक्षा विना चुनाव सम्भव नहुने भन्दै उनले सरकार त्यसका लागि प्रतिबद्ध रहेको बताए।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी गराउन समेत कानुनी व्यवस्था आवश्यक रहेको बताए। आयोग र सरकारबीचको सहकार्यमार्फत चुनावी प्रक्रिया छिट्टै अघि बढ्ने संकेत मिलेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button