हेडलाईनसमाचारविजनेस

जम्मा ६ मिनेटको कारोबारपछि नेप्से बन्द: तेस्रो नकारात्मक सर्किट लाग्दा बजार ६% ले ओरालो

प्रहार समाचार । काठमाडौं, २ असोज २०८१ बिहीवार । नेप्से परिसूचकमा लगातार गिरावट भएसँगै जम्मा ६ मिनेटको नियमित कारोबार समयमै तीन पटक नकारात्मक सर्किट लागेर आजको लागि शेयर बजार बन्द भएको छ।

सत्ता परिवर्तनपछि खुलेको पहिलो कारोबार दिन, नियमित बजार सुरु भएको २ मिनेटमै नेप्से ४ प्रतिशतले घट्दा पहिलो नकारात्मक सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो। पुनः ११ बजेर २२ मिनेटमा खुलेको बजार १ मिनेटमै थप १ प्रतिशतले घट्दा दोस्रो सर्किट ब्रेक लागेर कारोबार ४० मिनेटका लागि रोकिएको थियो।

तर १२ बजेर ३ मिनेटमा कारोबार खुलेपछि फेरि निरन्तर गिरावट देखिँदै १२ बजेर ६ मिनेटमै नेप्से थप १ प्रतिशतले ओरालो लागेपछि तेस्रो नकारात्मक सर्किट लाग्यो। यससँगै परिसूचक कुल ६ प्रतिशतले घटेर आजको लागि शेयर कारोबार पूर्ण रूपमा बन्द भएको हो।

विश्लेषकहरूका अनुसार, पछिल्लो राजनीतिक परिवर्तनसँगै उत्पन्न अनिश्चितता र लगानीकर्ताको मनोवैज्ञानिक दबाबले बजारमा तीव्र गिरावट ल्याएको देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button